दफा २११
सरकारी कर्मचारीले आफू वहाल रहेको इलाकाको अदालतमा पुनरावेदन दर्ता गर्न सक्ने

(१) कुनै सरकारी कर्मचारीले निजको हक, हित र सरोकार रहेको मुद्दामा पुनरावेदन गर्नु परेमा र निज सरकारी कामकोकारणले पुनरावेदन सुन्ने अदालतमा आफैँ उपस्थित हुन नसक्ने भएमा त्यसको कारण खुलाई आफू वहाल रहेको इलाकामात्यस किसिमको पुनरावेदन सुन्ने अदालत भए त्यस्तो अदालत मार्फत वा त्यस्तो अदालत नभए आफू वहाल रहेको इलाकाकोजिल्ला अदालत मार्फत पुनरावेदन दर्ता गराउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम पुनरावेदन दर्ता गर्न ल्याएकोमा त्यस्तो अदालतले दफा २०९ बमोजिमको कार्यविधि पूरा गरीपुनरावेदन दर्ता गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम पुनरावेदन दर्ता भएकोमा पुनरावेदनपत्र दर्ता गर्ने अदालतले तीन दिनभित्र पुनरावेदनपत्रदर्ता भएको र पुनरावेदन गर्ने सम्बन्धित कर्मचारी सो इलाकामा बहाल रहेको कुरा प्रमाणित गरी सम्बन्धितपुनरावेदन सुन्ने अदालतमा त्यस्तो पुनरावेदनपत्र पठाउनु पर्नेछ ।
(४) यस दफा बमोजिम पुनरावेदन गर्ने सरकारी कर्मचारीले तारिखमा बस्न चाहेमा पुनरावेदन दर्ता गर्ने अदालतले निजलाईतारिखमा राखी त्यसको जानकारी सम्बन्धित पुनरावेदन सुन्ने अदालतमा पठाउनु पर्नेछ ।